सिजी कम्युनिकेसनले युरोपको वायरलेस कम्पनी ‘मोल्डसेल’ खरिद गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

सिजी कम्युनिकेसनले युरोपको वायरलेस कम्पनी ‘मोल्डसेल’ खरिद गर्ने



काठमाडौं। सिजी कम्युनिकेसनले युरोपको वायरलेस कम्पनी ‘मोल्डसेल’ खरिद गर्ने भएको छ । कम्पनीले मोल्दोभाको वायरलेस सेवा प्रदायक कम्पनी ‘मोल्डसेल’ ३ करोड १५ लाख डलर अर्थात ३ अर्ब ५९ करोड रुपैयाँमा खरिद गर्ने भएको हो ।

नेपालमा युनिफाइड लाइसेन्स माग गरिरहेको कम्पनीले हालसम्म प्राप्त गर्न सकेको छैन । उल्टै नेपाल दूरसञ्चार प्राधिकरणले लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरिदिएको छ । यहि क्रममा कम्पनीले टेलिया कम्पनीको स्वामित्वमा रहेको फिन्तुर होल्डिङको वायरलेस सेवा प्रदायक ‘मोल्डसेल’ को शतप्रतिशत सेयर खरिद गर्ने भएको हो । त्यसका लागि गत शुक्रबार टेलियासँग सीजीले सम्झौता गरेको हो ।

प्रकाशित : ४ फाल्गुन २०७६, आईतवार १६:०८