नेपाल टेलिकमकाे अनलिमिटेड डाटा र भ्वाइस प्याक सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

नेपाल टेलिकमकाे अनलिमिटेड डाटा र भ्वाइस प्याक सुविधा



काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ ।

टेलिकमले सस्तो मुल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन सक्ने सुविधा ल्याएको टेलिकमले जनाएको छ ।

हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याकको सुविधा आफ्ना ग्राहकलाई प्रदान गर्दै आइरहेको छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार प्याक खरिद गर्न सक्छन् । ग्राहकले चाहिएको प्याक खरिदका लागि *१४१५# मा डायल गरेर आवश्यकता अनुसार खरिद गर्न सक्छन् ।

एक घण्टा अनलिमिटेड प्याक
यो प्याक २० रुपियाँमा लिन सकिन्छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमितरुपमा प्रयोग गर्न सकिन्छ । एक घण्टासम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकोले यो प्याक निकै नै रुचाइएको कम्पनीको भनाई छ ।

डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपियाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने छ । सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । उदाहरणका लागि विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ । आफ्नो आवश्यकता अनुसार आफन्त वा प्रियजनसँग कुराकानी गर्नका लागि यो प्याक निकै नै उपयोगी बनेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक
अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपियाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ ।

अनलिमिटेड नाइट डाटा प्याक
अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपियाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यवसायीहरुका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको छ ।

प्याक खरिद गर्ने तरिका विभिन्न प्रकारका प्याक प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१८ ह्यासमा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सकिन्छ । विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै स्टार१४१८स्टार८ह्यास डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ । त्यसैगरी सिधै एफडीपीएसीके टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । त्यसैगरी डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार स्टार२ह्यास डायल गर्न सकिन्छ । सिधै डीभीयूएनएलटाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै स्टार१४१५स्टार१स्टार५स्टार४ह्यास डायल गर्न सकिन्छ । सिधै एनभीयूएनएल टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै स्टार१४१५स्टार३ह्यास डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नु पर्छ । त्यसैगरी एक दिनको प्याकका लागि एनयूएनएल र ७ दिनका लागि भए यूएनएल७ टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । यी वाहेक कम्पनीको एप ‘नेपाल टेलिकम’ र कम्पनीको वेबसाइटबाट पनि अनलिमिटेड डाटा वा भ्वाइस प्याक सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

बाँकी प्याक थाहा पाउने तरिका

मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि स्टार १४१५ स्टार ५५ ह्याज डायल गर्न सकिन्छ । त्यसैगरी भिएल लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । त्यसपछि कति भ्वाइस प्याक वा अन्य प्याक बाँकी छ भन्ने जानकारी सहितको एसएमएस आउँछ । साथै नेपाल टेलिकम एपमार्फत पनि बाँकी प्याक थाहा पाउन सकिन्छ ।

प्रकाशित : ५ फाल्गुन २०७६, सोमबार १३:४०