पर्यटक तान्दै ‘लिची वन रिसोर्ट’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

पर्यटक तान्दै ‘लिची वन रिसोर्ट’



काठमाडौं । काठमाडौं आसपासका जिल्लाहरुमा सुविधा सम्पन्न रिसोर्ट र होटलहरु खुल्नेक्रम बढेको छ । धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै भर्खरै संचालनमा आएको ‘लिची वन रिसोर्ट’ले पर्यटन क्षेत्रको नयाँ गन्तब्यका रुपमा विस्तार हुन पुगेको छ ।


राजनकुमार कंडेल र विष्णुमाया कंडेलले संचालनमा ल्याएको रिसोर्ट थप विस्तार हुने तयारीमा छ । ग्रामिण परिवेशमा संचालित लिचीवन रिसोर्ट परिसरमा लिची, केरा, नासपातिलगायतका फलफुलहरुको स्वाद लिंदै हराभरा प्रकृतिमा रमाउँदै आनन्द लिन सकिने रिसोर्टकी निर्देशक विष्णुमाया कंडेल बताउँछिन ।


‘पर्यटकलाई हामी गाउँमै बसेको अनुभूति दिलाउने गरी पारिवारिक वातावरण निर्माण गरेका छौं, मौलिक संस्कृति र मौलिक परिकारको स्वाद चखाउन पाहुनालाई स्वागत गर्न आतुर छौं,’ निर्देशक कंडेलले भनिन ।

‘काठमाडौंलगायत ब्यस्त शहरको कोलाहलबाट मुक्त पाउन यो रिसोर्ट उपयुक्त छ’ लिचीवन रिसोर्ट प्रा.लिका अध्यक्ष राजनकुमार कंडेलले भने,‘करिब नौं करोडको लगानीमा भब्य र सुविधासम्पन्न बनाउने तयारीमा जुटेका छौं ।’

मुग्लिन–काठमाडौं सडक अन्तर्गतको मलेखुबाट दुई किलोमिटर भित्र चेपाङ मार्ग नजिकै ११ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टलाई थप विस्तार गरी सुविधासम्पन्न बनाउने तयारी गरिंदैछ । हाल दुई करोड लगानी भइसकेको छ । कटेज, सेमिनार हल, रेष्टुरेन्ट निर्माण हुने तयारीमा छ ।

रिसोर्टमा ढिकी–जाँतोमा कुटेको पिठोको रोटी, स्थानीय मकैंको ढिडोलगायका मौलिक परिकार, सिजन अनुसारको फलफूल, दोहोरी गीत, विभिन्न जातिय नृत्य आदिले पर्यटकलाई स्वागत गरिने योजना रहेको निर्देशक कंडेल बताउँछिन ।

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलवार ११:१६