एनआरएन इन्फास्ट्रक्चरले पायो ३३ करोड बराबरको आइपिओ निष्काशनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

एनआरएन इन्फास्ट्रक्चरले पायो ३३ करोड बराबरको आइपिओ निष्काशनको अनुमति



काठमाडाै । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । धितोपत्र बोर्डले फागुन ४ गते कम्पनीलाई (आइपिओ) निष्काशन गर्न अनुमति दिएको हो ।

यो गैरआवासीय नेपालीहरु द्धारा प्रवद्र्धित कम्पनी हो । अब अब कम्पनीले ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता आईपिओ निष्काशन गर्ने छ ।

सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको कम्पनीकोे हाल मथिल्लो मैलुङ खोला हाइड्रोपावर, मध्य तमोर हाइड्रोपावर र मेगावटको स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन जलविद्युत परियोजनामा लगानी रहेको छ ।

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलवार १५:४४