६ ओटा विकास बैंकको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

६ ओटा विकास बैंकको शेयर कारोबार रोक्का



काठमाडौं । २१ विकास बैंकमध्ये ६ ओटा विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । एक्विजिशन तथा मर्जरमा जान लागेकाले कारोबार रोक्का भएको हो ।

देव विकास बैंक, गण्डकी विकास बैंक, कैलाश विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक र सहारा विकास बैंकको शेयर कारोबार रोक्का भएको छ ।

देव विकास बैंकलाई कुमारी बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको हो । त्यसैगरी गन्डकी विकास बैंकलाई मेगा बैंकले प्राप्ति गर्ने, कैलाश विकास बैंकलाई प्राइम कमर्शियल बैंकले, कञ्चन डेभलपमेन्ट बैंकलाई एनएमबी बैंकले र सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले प्राप्ति गर्ने सम्झौता भएको हो ।

देव विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता भएसँगै कारोबार रोकिएको थियो । पछि बैंकले प्राप्ति प्रक्रिया रद्द गरिसकेको छ।

प्रकाशित : ११ फाल्गुन २०७६, आईतवार २०:५३