बढ्दो शेयर बजारमा ध्यान दिनु पर्ने केहि कुराहरु ( सिए.विवेक पाैडेलको विचार ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विचार

बढ्दो शेयर बजारमा ध्यान दिनु पर्ने केहि कुराहरु ( सिए.विवेक पाैडेलको विचार )



लगातार केहि दिनको उछाल पश्चात आज नेप्से ३.६० अर्बको एतिहासिक कारोबार गरेर ६९.५६ अंक बढ्दै पछिल्लो २६ महिनाकै उच्च १५०४.१४ पुगेको छ ।

जब केहि दिन सम्म शेयर बजार अत्यधिक बढ्न थाल्छ, तब जता ततै शेयर बजारकै चर्चा चल्न थाल्छ, हरेकले दैनिक एति र उत्ति कमाएको कुरा सुनाउछन् । सो बाट लोभिएर प्नायजसो नव अबन्तुक शेयर बजार छिर्ने पनि यस्तै बेलामा हो ।

विवेक पाैडेल

केहि महिना अगाडी ११०० मा रुमलिएको नेप्से अहिले १५०० कट्दा धेरैमा उत्साह छाएको छ । पछिल्लो केहि दिन देखि नेप्से बढेको गर्दा त सजिलो गरि पैसा कमाउने ठाउँ येही नै पो रहेछ जस्तो धेरैलाई लाग्न सक्छ ।


केहि वर्ष अगाडी नेप्से १८८१ सम्म पुग्दा २२००-२५०० सम्म पुग्छ भन्ने धेरै लाइ लागेको थियो । तर सो बिन्दुबाट क्रमिक घटेर ११०० सम्म पनि आयो ।

अहिले पनि नेप्से बढ्दै कहाँ सम्म पुग्छ या कहिले बाट घट्छ यसै भन्न सकिदैन । बढीरहेको बजार रोकिएर केहि दिन घट्दा लगानीकर्तामा फेरी पुरानो लय समात्ला भन्ने आश उत्तिकै रहन्छ तर जब घट्दो क्रम निरन्तर रहन्छ तब Hold गर्नु या घाटामा बेच्नुको विकल्प रहदैन । यसर्थ, बिशेषगरि नया लगानीकर्ताले केहि कुरा बिषेश ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

१) शेयर बजारमा आफ्नो बचत रकम लगानी गर्नुहोस्, चर्को ब्याजमा अत्यधिक ऋण नलिनुहोस् ।

२) एकै क्षेत्र भन्दा सके सम्म बैंक, बिमा, जलविधुत, लघुवित्त, उत्पादन, होटेल लगायत क्षेत्र मा आफ्नो लगानी विविधीकरण गर्नुहोस् ।

३) भएको सबै पैसा एकै पटक लगानी गर्न भन्दा पनि केहि पैसा अहिले लगानी गरेर कहिँ पछि लगानी गर्दा ठिक हुन्छ । यसो गर्दा यदी बजार घटेमा पनि बाकि पैसा को शेयर किनेर Averaging गर्न सकिन्छ ।

४) कहिँ पैसाको Speculation गरे पनि अत्यधिक पैसा सबल कम्पनीमै लगाउनुस । यदी बजार घट्न थालेमा सबल कम्पनीको मूल्य कम अनुपातमा घट्छ भने अरु कम्पनीको मूल्यमा पहिरो जाने गर्छ । साथै सबल कम्पनीले राम्रो बोनस, हकप्रद तथा नगद दिने हुदा घट्दो बजारमा पनि त्यति घाटा हुदैन ।


कुनै कम्पनी कत्तिको सबल छ मुल्यांकन गर्नलाई EPS, P/E Ratio, Dividend History, Business Growth and Future Prospects, Price History, Tradability/Liquidity of Shares, Quality of Management and the directors लगायत कुरामा विशेष ध्यान दिनु होला ।

Happy Investing

पाैडेलको फेसबुकबाट साभार

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार ०७:००