तस्विर हेर्दा खुसि र गम्भिर देखिएका मुरारका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तस्विर हेर्दा खुसि र गम्भिर देखिएका मुरारका



फुर्सदको समय निस्कने वित्तीकै डाँडा काँडामा हाइकिङ गर्न निस्कने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी पशुपती मुरारका दुई चार दिनको फुर्सद मिलेमा प्राकृतिक सुन्दरतामा रमाउन हिमर्सङखला संग रमाउन पुग्दछन् । भ्रमणमा निस्कदा मोवाइल वाट उनले खिचेका तस्विर हेर्दा लाग्छ उनलाई फोटो ग्राफिमा कती रुचि छ भन्नका लागी । नेपालका सुन्दर हिमालको तस्विर जो कोहिले नभेटने तस्विर उनले खिच्न पाएका छन् उनका तस्विर हेर्दा लाग्छ उनी फोटोग्राफीका सोखिन फोटोग्राफर हुन भनेर । व्यस्त समयलाई छल्दै शुक्रवार विहान साडे दश वजे नेपाल आर्ट काउन्सिल पुगेका थिए ।


फोटो पत्रकार क्लवले ववरमहल स्थित आर्ट काउन्सिलमा प्रदशनमा राखेको नेपालकै सवैभन्दा ठुलो प्रतियोगिता वाट छानिएका १७६ तस्विरको प्रदशनी अवलोकन गर्न पुगेका मुरारकाले झण्डै एक घण्टा प्रदशित तस्विर हेरेर विताए । प्रदशनमा राखिएका केही तस्विर हेरेर मुरारका प्रसन्न भए भने केही तस्विरले उनलाई गम्भिर अवस्थामा पु¥यायो ।

विशेष गरी नेपालको प्राकृतिक सुन्दरता, डाँडा काँडा देखिएका तस्विरमा खुलेरै रमाएका उनी समाजको यथार्थ परक दृष्यहरुमा गम्भिर बनेका थिए भने दुर्घटना र हिंस्रक तस्विरमा चिन्तित देखिए । अवलोकन पछि कमेन्ट वुक्समा उनले नेपालको आर्थिक,सामाजिक,राजनैतिक र ,धार्मिक साँस्कृतिक क्षेत्रलाई समग्र रुपमा यस प्रदशनीले समेटेको र यसले समग्र नेपाललाई परिचित वनाएको हुँदा यस प्रशनीले नेपालको समग्रतालाई वुझन आफुलाई सहयोग गरेको सुझाव पुस्तिका लेखेका छन् ।

प्रकाशित : १७ फाल्गुन २०७६, शनिबार ०९:०८