कैलाशलाई प्राप्ति गरेको प्राइम बैंकको आजबाट एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कैलाशलाई प्राप्ति गरेको प्राइम बैंकको आजबाट एकीकृत कारोबार



काठमाडाै । कैलाश विकास बैंकलाई प्राप्तिपछि प्राइम कमर्सियल बैंक लिमिटेडको नाममा आज बिहीबारदेखि एकीकृत कारोबार सुरु हुने भएको छ।

नेपाल राष्ट्र बैंकले कैलाशलाई प्राप्ति गर्न प्राइमलाई अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु हुने भएको हो। बैंकको मुख्य कार्यालय भने काठमाडाै कमलपोखरीमा हुनेछ।

कैलाशको प्राप्तिपछि प्राइम बैंकको चुक्तापुँजी १३ अर्ब ९५ करोडको उचाईमा पुग्नेछ। बैंकको पुँजी कोष १९ अर्ब, निक्षेप १ खर्ब २८ अर्ब र कर्जा १ खर्ब १५ अर्ब रुपैयाँको उचाईमा पुग्नेछ।

प्रकाशित : २९ फाल्गुन २०७६, बिहीबार ०७:३४