पाँच जना सहसचिवको सरुवा, ३७को पदस्थापन



काठमाडौँ । सरकारले पाँच जना सहसचिवको सरुवा गरेको छ भने हालै सहसचिवमा बढुवा भएका ३७ जनाको विभिन्न मन्त्रालय र अन्तर्गतका निकायहरुमा पदस्थापन गरेको छ ।

सरुवा हुनेमा अर्थ मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । यसै गरी प्रदेश २ का सामाजिक विकास मन्त्रालयका भरतमणि सुवेदीलाई प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई विराटनगर महानगरपालिकामा, राष्ट्रिय महिला आयोगका दीपेन्द्र काफ्ले तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै बढुवा भएकामध्ये सुरेशप्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, भेषबहादुर कार्कीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, बैकुण्ठनिधिशर्मालाई जितपुर सिमरा उपमहानगरपालिकामा, ध्रुवकुमार पोखरेललाई पोखरा महानगरपालिकामा, भीमसेन तिमिल्सिनालाई थारू आयोगमा, शान्ता अधिकारीलाई राष्ट्रिय महिला आयोगमा, ध्रुव गैँडालाई प्रदेश २ को प्रदेश प्रमुखको कार्यालयमा, कैलाशराज पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ ।

यसै गरी कृष्णप्रसाद पराजुलीलाई प्रधानमन्त्री कार्यालयमा, शैलजा रेग्मीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा, सरोजप्रसाद गुरागाईंलाई गृह मन्त्रालयमा,बाबु राजा श्रेष्ठलाई नेपाल ट्रस्टको कार्यालयमा, राजीव पोखरेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, शिवादेवी दाहाल र शम्भु मरासिनीलाई अर्थ मन्त्रालयमा पदस्थापन गरिएको छ ।

दीपकराज नेपाल, पुण्यविक्रम पौडेल, केशवप्रसाद बिमली, ज्ञानप्रसाद ढकाल, शंकरहरी आचार्य, वासुदेव दाहाल, योगेन्द्रप्रसाद पाण्डे, हरिप्रसाद घिमिरे, दीपककुमार पहाडी, कोशहरि निरौला, अर्जुनकुमार शर्मा, हिरालाल रेग्मीलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ख्यालबहादुर थापालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, शङ्कर नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विदुरप्रसाद खनाललाई धरान उपमहानगरपालिका, कृष्णबहादुर बोहरालाई धनगढी उपमहानगरपालिका, नरनाथ गिरीलाई इटहरी उपमहानगरपालिका, कृष्णप्रसाद लम्साललाई लोक सेवा आयोग, ओमबहादुर खड्कालाई नेपालगन्ज उपमहानगरपालिका, प्रदीपराज अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कविराज पौडेललाई हेटौँडा उपमहानगरपालिका, भूमिराज शर्मालाई वीरगन्ज महानगरपालिकामा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
२०७७ सालको सार्वजनिक विदा कहिले कहिले ?

काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको सूची सार्वजनिक गरेको छ

नाट्टाले माग्यो विदेशबाट कोरोना संक्रमितहरुसँगै आउनेहरुको व्यक्तिगत विवरण

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विदेशबाट नेपालमाविदेशबाट कोरोना

अष्ट्रेलियाबाट फर्कने विद्यार्थीको शुल्क फिर्ता गर्न माग

काठमाडौं । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना

चीनबाट सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । सरकारले किनेको साथै ज्याकमा फाउन्डेसन र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको