ट्राभल एजेन्सीको झण्डै २ अर्ब जोखिममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ट्राभल एजेन्सीको झण्डै २ अर्ब जोखिममा



काठमाडौं । नेपालका ट्राभल ट्राभल एजेन्सीहरुको कोराना भाईरसका कारण समस्यामा परेका छन् । कोरोनाका कारण उनिहरुको करिब २ अर्ब रुपियाँ जोखिममा परेको छ ।

हवाई यातायात मार्फत नेपाल आउने विदेशी तथा स्वदेशीहरु मध्ये ९५ प्रतिशतभन्दा बढि यात्रुहरुले बुकिङ गरेको टिकट रद्द गरेसंगै निहरु समस्यामा परेको नेपाल एसोसियसन टुर एण्ट ट्राभलका अधिबकारीले बताएका छन् ।

अन्तराष्ट्रिय टिकटिङको कारोबार नेपालको एक मात्र संगठन नाट्टाले गर्दै आएको छ । नेपालमा नाट्टाको करिब ३ सय संख्यामा सदस्य रहेका छन् ।

विश्वका १४ वटा मुलुकका २९ वटा एयरलाईन्सले नेपालमा उडान भर्दै आएका छन् भने हाल ९० प्रतिशतभन्दा बढि उडान रद्द हुन पुगेको छ । आजको आर्थिक दैनिकबाट

प्रकाशित : ३ चैत्र २०७६, सोमबार ०७:४३