डीभी रद्द गर्ने अमेरिकाको निर्णय



काठमाडौं । अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैर–आवासीय भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ । नोबोल कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वव्यापी रूपमा फैलिएपछि त्यसको रोकथामका लागि यस्तो निर्ण लिनु परेको अमेरिकी दूतावासले जनाएको छ।

‘हामी जति सक्दो चाँडो नियमित भिसा सेवाहरू सुचारु गर्नेछौँ’, दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘तर अहिले कुनै खास मिति तोक्न भने सक्दैनौँ।’ यसअघि बुझाएको मेसिन रिडेबल भिसा (एमआरभी) शुल्क भने एक वर्षसम्मका लागि मान्य हुने दूतावासले जनाएको छ। ‘शुल्क बुझाएको एक वर्षभित्र जुन देशको लागि खरिद गरेको हो उक्त देशको लागि भिसा आवेदन दिनलाई प्रयोग गर्न सकिन्छ’, दूतावासले बताएको छ।

कुनै आपतकालीन अवस्था भए तत्काल दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर

कोरोना कोषमा पूर्वराजा ज्ञानेन्द्रको दुई करोड रुपैयाँ

काठमाडौं । सरकारले बनाएको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा पूर्वराजा

भान्सामा खाना पकाउने ग्यास सकियो ? यी नम्बर डायल गर्नुहोस

काठमाडौं । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य

२०७७ सालको सार्वजनिक विदा कहिले कहिले ?

काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको सूची सार्वजनिक गरेको छ