एसइई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने



काठमाडौं । यस वर्षको एसइई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने भएको छ। चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन्। उनीहरुका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा एसइई परीक्षाका केन्द्राध्यक्षलाई सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न परीक्षा केन्द्रमा आउने परीक्षार्र्थीलाई कसैले पनि नछुन निर्देशन दिइएको छ।

परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर वा सेनिटाइजर प्रयोग गर्न लगाउन पनि केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ। अभिमुखीकरणमा सहभागिता जनाएका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष हेरम्बराज कँडेलले एसइई परीक्षामा कोरोना जोखिमबाट बच्च उच्च सतर्कता अपनाउन सरकारले निर्देशन दिएको बताए।

विगतमा केन्द्राध्यक्षहरुलाई एकै ठाउँमा राखेर अभिमुखीकरण तालिम दिने गरिएकोमा यसपटक भने कोरोना संक्रमणलाई ध्यानमा राखेर चार समूहमा विभाजन गरिएको थियो।

‘सरकारले निर्देशन गरेअनुसार परीक्षार्थीलाई परबाटै प्रवेशपत्र हेरेर परीक्षा हलमा प्रवेश गराइनेछ,’ कँडेलले भने, ‘निगरानीका क्रममा विद्यार्थीको शरीरमा छुन पाइनेछैन। परबाटै निगरानी राख्ने व्यवस्था गरिनेछ।’

परीक्षा हलभित्र विद्यार्थीलाई एक मिटरको दूरीमा मात्र बस्ने व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए। उनका अनुसार ५ फिटको बेन्चमा दुई र तीन फिटको बेन्चमा एकजना परीक्षार्थीमात्र बस्ने व्यवस्था गर्न सरकारले निर्देशन दिएको छ। यो अभिमुखीकरण तालिम देशभरिकै केन्द्राध्यक्षलाई दिइएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस
सहकारीलाई चिया उद्योगको ट्रेडमार्क प्रयोग गर्न इजाजत

काठमाडौं । १३ चिया उद्योगको अर्थोडक्स ट्रेडमार्क कार्यान्वयन आएको छ । नेपाली अर्थोडक्स

अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने

काठमाडौं । अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने भएको छ। नेपाल राष्ट्र बैंकले मोबाइल

जिओ फोर्डको ‘फोर्ड चाडपर्व अफर’

काठमाडाै । फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले चाडपर्व अफर प्रस्तुत

जहाजले अब पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने, यस्तो छ कारण

काठमाडाै । जहाजको पूरै सिट भरेर चलाउन पाइने भएपछि निजी वायुसेवा सञ्चालकहरूले असोज