नेपाल पुर्नबीमा कम्पनीको आईपीओ आजदेखि, १० हजार कित्तासम्म आवेदन दिन पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

नेपाल पुर्नबीमा कम्पनीको आईपीओ आजदेखि, १० हजार कित्तासम्म आवेदन दिन पाइने



काठमाडौं । नेपाल पुर्नबीमा कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको १६ प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता निष्कासन गर्न लागेको हो ।

कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनका लागि शुक्रबार आह्वान पत्र प्रकाशित गरेको छ। कम्पनीले निष्काशन गर्न लागेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणले बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत ७ गते हुनेछ भने ढिलोमा चैत १८ गते हुनेछ।

प्रकाशित : ४ चैत्र २०७६, मंगलवार ०८:१५