सहकारीमा कोरोनाको प्रभावः बचत घट्यो, कर्जा उठ्न छाड्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

सहकारीमा कोरोनाको प्रभावः बचत घट्यो, कर्जा उठ्न छाड्यो



कोरोना भाइरसले एकातर्फ मानवीय क्षति भइरहेको छ भने अर्कोतिर अर्थतन्त्र धराशायी बनाइरहेको छ । नेपालमा मानवीय क्षति नभए पनि अर्थतन्त्रमा भने गम्भीर असर परिरहेको छ ।

कोरो‍ना भाइरसकै कारण निमार्णधिन ठूला आयोजना अलपत्र परेका छन् भने आयात र निर्यातमा समेत अबरोध पुगेको छ । त्यस्तै अर्थतन्त्रको मुल खम्बा मध्ये एक सबल खम्बाको रुपमा लिइएको सहकारी क्षेत्र समेत यसबाट अछुतो बन्न सकेको छैन । कोरोनाले नेपालको सहकारी क्षेत्रमा मिश्रित प्रभाव पारेको छ । यसै बिषयमा सरोकारवालाहरूसँग गरेको बहस :

बचत संकलन करिब ५० प्रतिशत घट्यो

माधव तिमल्सिना
अध्यक्ष
प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि, थसिखेल ललितपुर


अन्य क्षेत्र कोरोनाको कारण आक्रान्त बनेको बेलामा सहकारी क्षेत्रलाई समेत यसले प्रभाव पारेको छ । मेरो आफ्नै मार्ट छ त्याहाँकोबाट अनुभव साट्दा दैनिक उपभोग्य वस्तुको माग बढी छ । संचय गर्नेहरु बढेका छन् । भने विगतको भन्दा पैसा झिक्नेको संख्या बढेको छ । बचत संकलनमा करिब ५० प्रतिशत घटेको छ । दैनिक १२ हजार सदस्यमा करिब दिनको कलेक्सन एक करोडको हाराहारीमा हुन्थ्यो । अहिले ५० लाखमा झरेको छ । निक्षेप झिक्ने पचास साठी लाख हुन्थयो अहिले एक करोड पुगेको छ । हिजोको तुलनामा निकै उल्टो भएको छ । मुख्य कुरो भनेको व्यापार छैन । दाल चामल बेचेर मात्र भएन अन्यको व्यापार पनि हुनुपरो । नाफा भए पो सहकारीमा बचत आउछ ।



कर्जाको माग घट्यो

हेम कार्की , प्रमुख कार्यकारी अधिकृत, जेष्ट आइडियोलोजी सहकारी संस्था लि
न्युरोड

हाम्रो प्रधान कार्यालय न्यूरोडमा नै हो । यस हिसाबाले यहाँका व्यापारीहरु संग हाम्रो मुल कारोबार छ । पछिल्लो समय विभिन्न हल्लाका कारण व्यापार घटेको छ । चाइना व्यापारीको व्यापार घटेको प्रत्यक्ष असर सहकारीमा पनि परेको छ । नियमित उठ्ने बचत अन्य समयको तुलनामा ६० प्रतिशतले घटेको छ । कारण धेरै छन् । मानिसहरुले शेयर बजार बढ्ने हल्ला र घरजग्गाको कारोबारमा समेत पैसा लगाउन थाले पछि सहकारीमा भएको बचत अन्यन्त्र जान थालेको छ । कर्जाको माग पनि घटेको छ । अन्य सेवा केन्द्रमा भने थवरै समस्या कोरोनाको हल्लाका कारण देखि पनि खासै समस्या देखिएको छैन ।



कर्जा असुल गर्न समस्या

अध्यक्ष ,सन्तोष प्रधान, नवसवल बचत तथा ऋण सहकारी संस्था लि
न्यूरोड


न्युरोड जस्तो व्यापारिक क्षेत्र अहिले सुनसान बनेको छ । यसले सहकारीमा ९० प्रतिशत समस्या परेको । बचत संकलनको समस्या एक ठाउमा छ । कर्जा नतिर्नेको पनि समस्या बढ्न थालेको छ । महामारीको बहाना देखाएर कर्जा असुल गर्न समस्या छ । न्यूरोड व्यापारिक क्षेत्र हो । तर अहिले व्यापार नहुदा याहाँ ३० प्रतिशत बचत घटेको छ । नयाँ सदस्य बन्ने क्रम पनि रोकिएको छ । बिस्तारै बचत फिर्ता लिन आउनेको संख्या बढेको छ ।


ठूलो ऋण लगानी रोकेका छौँ

निर्मल हुमागाई
ब्यवस्थापक, स्मरण बचत तथा ऋण सहकारी संस्था लि
अनामनगर, काठमाडौ


सदस्य केन्द्रित भएर काम गरेको हामी जस्तो संस्थालाई त्यती समस्या छैन । तर हामीले हेर्दा समग्रलाई नै हेर्नुपरो ।बढी जनघनत्व भएको स्थानमा भने कारोबार घटेको छ । बजारमा तुलानात्मक भन्दा पैसा कम उठेको छ । निक्षेप फिर्ताको माग खासै छैन । बचत फिर्ता मागन आएको खन्डमा २५ प्रतिशत तरलता मेन्टेन गर्ने तयारीमा समेत छौँ । हामीले ऋण लगानीलाई समेत नियन्त्रण गर्ने प्रकृया अगाडी बढाएका छौँ । अत्यावश्यक र अध्ययान गरेर मात्रै ऋण लगानी गर्ने हेतुले ठूलो ऋण लगानीमा हामी नजाने भएका छौँ ।



कर्जा जानै छाड्यो
नन्दराम पाण्डे , अध्यक्ष,
संयोग बचत तथा ऋण सहकारी संस्था लि

विगतको तुलानामा यो पटक कोरोनाको समस्याले बचत घट्दै गएको छ । बचतकर्ताहरुको व्यापार व्ययवसायमा आएको मन्दीले समेत समस्या आएको हो । हिजो जुन हिसाबले एकनाशले कारोबार हुँदै आएको थियो । अहिले सुस्ताउन थालेको छ । ऋण लिनेको संख्यामा कमि आएको छ । बचत समेत फिर्ता माग्नेको संख्या क्रमश बढ्दै गएको छ । सके सम्म हामीले सदस्यलाई आवश्यकता भन्दा माथीको बचत नझिक्न आग्रह समेत गर्दै आएका छौँँ ।

प्रकाशित : ४ चैत्र २०७६, मंगलवार १४:१२