नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दुई कम्पनीको मूल्य समायोजन भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य ३९६.१९ रुपैयाँ र महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य ६८२.७३ रुपैयाँ पुगेको छ । दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।

नेपाल इन्स्योरेन्स कम्पनीको साधारण सभा चैत २१ गते एयरपोर्ट होटल सिनामंगलमा हुँदैछ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, महिला सहयात्रा लघुवित्तले चैत २२ गते ओम अध्याय रिट्रिट रिसोर्ट, बज्रबाराही, मकवानपुरमा साधारण सभा आयोजना गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित : ४ चैत्र २०७६, मंगलवार १५:१९