शेयर बजारका लगानीकर्तालाई हल्लाको पछि नलागी सुझबुझपूर्ण निर्णय धितोपत्र बोर्डको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

शेयर बजारका लगानीकर्तालाई हल्लाको पछि नलागी सुझबुझपूर्ण निर्णय धितोपत्र बोर्डको आग्रह



काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई हल्लाको पछि लागेर हतोत्साहित भई निर्णय नलिन आग्रह गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै बोर्डले यस्तो आग्रह गरेको हो ।


लगानीकताहरुलाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्ष (आधारभूत तथा प्राविधिक) को जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्था तथा बजार सुधारका कामकारवाहिहरुको अध्ययन गरेर मात्र लगानी गर्न भनेको हो।

बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाईरहेको, देशको समष्टिगत आर्थिक अवस्था तथा समग्रमा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक नै रहेको अवस्थामा हतोत्साहित भई हतार हतारमा धितोपत्र बिक्री सम्बन्धी निर्णय लिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार १६:०६