यी स्थानमा शनिबार सम्म सात घण्टासम्म लोडसेडिङ हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यी स्थानमा शनिबार सम्म सात घण्टासम्म लोडसेडिङ हुने



काठमाडौंका केही स्थानमा २ दिनसम्म ७ घण्टासम्म लोडसेडिङ हुने भएको छ । जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर स्तरोन्नति गरिरहेकाले फोर्स पार्क, वीरेन्द्र चोक, गान्धी मोड, हात्ती डाँडा र विमानस्थाल आसपास बिहान ९ देखि दिउँसो ४ बजेसम्म बिद्युत नहुने विद्युत प्राधिकरणले जनाएको छ ।

यी स्थानमा शुक्रबारसम्म विद्युत कटौती हुनेछ । यस्तै ललितपुरका केही स्थानमा बिहीबार र शनिबार आठ घण्टा बत्ती जाने भएको छ।

पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी लाइनको स्तरोन्नति गर्नुपर्ने भएकोले बिहीबार र शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

बिहीबार र शनिबार चुनिखेल, छम्पी, सल्यानटार, इटाहिटी, कामी डाँडा, टिकाभैरव, देवीचौर, बुरुङ्गचुली लगायतका स्थानमा बिद्युत कटौती हुनेछ ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार १६:५९