अर्काे सुचना नआए सम्म एसईई परीक्षा स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्काे सुचना नआए सम्म एसईई परीक्षा स्थगित



काठमाडौँ/ सरकारले व्यापक दबाबपछि एसईई परीक्षा पनि स्थगित गरेको छ।

नेकपा सचिवालय समितिको बैठकको आग्रहपछि सरकारले बुधबार साँझ यो निर्णय गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो।

यसअघि सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन निर्देशन जारी गरेको छ।

सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार १९:४९