लोकसेवा आयोगको परीक्षा स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लोकसेवा आयोगको परीक्षा स्थगित



काठमाडौं । सरकारले लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । बिहिवार बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : ६ चैत्र २०७६, बिहीबार १५:५४