कोरानाबाट बेलायतमा एक नेपालीको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

कोरानाबाट बेलायतमा एक नेपालीको मृत्यु



लन्डन । कोभिड–१९ संक्रमणबाट लन्डनमा एक जना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।
संखुवासभा खाँदबारी स्थायी घर भई लन्डन साउथ ह्यारो बस्दै आएका ६६ बर्षीय लीलाबहादुृर राईको मंगलबार मृत्यु भएको हो ।

संखृुवासभा समाज बेलायतका अध्यक्ष नैनसिंह गुरुङका अनुसार लन्डनस्थित नर्थविक पार्क अस्पतालले फोनमार्फत कोभिड १९ का कारण राईको मृत्यु भएको जानकारी गराएको छ ।

अस्पतालले परिवारका सबै सदस्यलाई १४ दिनसम्म आइसोलेसनमा बस्न पनि भनेको छ ।
यसबारे लिखित रिपोर्ट भने अस्पतालले सोमबार मात्र दिने भएको छ । कान्तिपुर दैनिकबाट

प्रकाशित : ९ चैत्र २०७६, आईतवार ०७:०२