६ बैंकबीचको ‘ऐतिहासिक मर्जर’लाई एलओआई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६ बैंकबीचको ‘ऐतिहासिक मर्जर’लाई एलओआई



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं । नेपालको बैकिङ क्षेत्रकै ‘ऐतिहासिक मर्जर’ नाम दिइएको ६ वटा बैंक तथा बित्तीय संस्थाबीचको जारी मर्जर प्रक्रियालाई नियमनकर्ता नेपाल राष्ट्रबैंकले सैद्धान्तिक सहमति(एलओआई) दिएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेड, कुमारी बैंक लिमीटेड, एपेक्स डेभलपमेन्ट बैंक लिमीटेड, सुप्रिम डेभलपमेन्ट बैंक लिमीटेड, इन्टरनेशनल डेभलपमेन्ट बैंक लिमीटेड, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक लिमीटेड बीचको मर्जर प्रक्रियालाई राष्टबैंकले सैद्धान्तिक सहमति दिएको हो ।

सैद्धान्तिक सहमति पाएपछि अब ६ बैंकबीचको ऐतिहासिक मर्जर प्रक्रियाले गति लिनेछ ।

मर्जर प्रक्रियामा गएका बैंकमध्येको एक एनसीसी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालका अनुसार बैंकहरुले ढिलोमा २ हप्ताभित्रमा डिडिए गरिसक्नेछन् । त्यसपछि स्वाप रेशियो निर्धारण हुनेछ ।

अर्यालका अनुसार ६ वटा बैंकबीचको ऐतिहासिक मर्जर प्रक्रिया चालु आर्थिक वर्षको असार मसान्तसम्ममा टुंगो लाग्ने र नयाँ आर्थिक वर्षदेखि संयुक्त कारोबार सुरु गर्ने अहिलेसम्मको तयारी छ ।

नेपाल राष्ट्रबैंकले देशमा बग्रेल्ती खुलेका बैंक तथा बित्तीय संस्थाहरुको संख्या घटाउन तथा बित्तीय जोखिम न्यून गर्ने उद्देश्यले ल्याएको पूँजीवृद्धिको योजनालाई पछ्याउँदै ६ वटा बैंकबीच ऐतिहासिक मर्जर हुन लागेको हो । केन्द्रीय बैंकले ०७४ असार मसान्तसम्ममा क वर्गका वाणिज्य बैंकको चुक्तापूँजी ८ अर्ब हुनुपर्ने नीति लिएको छ । ६ वटा बैंकबीच मर्जर सम्पन्न भएपछि ०७४ असारमा पुग्नुपर्ने ८ अर्ब चुक्तापूँजी यही असारमा पुग्नेछ । यति धेरै संख्यामा बैंकहरुबीच सफल मर्जर हुन लागेकोले समेत यसलाई चासोको साथ हेरिएको छ ।

प्रकाशित : २२ चैत्र २०७२, सोमबार ०६:३३