भारत र चीनसँग जोडिएका सीमा नाका पूर्ण रुपमा बन्द गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

भारत र चीनसँग जोडिएका सीमा नाका पूर्ण रुपमा बन्द गरिने




काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट जोगिन भन्दै सरकारले सोमबारदेखि भारत र चीनसँगका सबै नाका पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ।

भारतबाट हुलका हुल नेपाली घर फर्कन थालेपछि जोखिम बढेको भन्दै सरकारले एक साताका लागि दुवै छिमेकीसँग जोडिएका नाका बन्द गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एक साताका लागि भारत र चीनसँगका सबै नाका पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए।

यस्तै सरकारले कोरोनाको सम्भावित संक्रमणबाट बच्न र आवश्यक सामग्री खरिद गर्न प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रिय कोष खडा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा चार घण्टा छलफल भएको थियो ।

गत फागुन २१ गते प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित : १० चैत्र २०७६, सोमबार ०६:४५