भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका निरौला तीन करोड धरौटी वुझाएर छुटे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका निरौला तीन करोड धरौटी वुझाएर छुटे



Suvash-Niraulaकाठमाडौं । भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका नेपाल पर्यटन बोर्डका तत्कालीन निमित्त प्रमुख सुभाष निरौला तीन करोड धरौटी वुझाएर छुटेका छन् ।

 

वोर्डमा रहँदा १ अर्व भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले दायर गरेको मुद्दामा थुनछेक आदेश गर्दै विशेष अदालतले धरौटी माग गरेको थियो ।

३ करोड रुपैयाँ बरावरको वैंक ग्यारेन्टी देखाएर निरौला रिहा भएको विशेष अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलेले बताए ।

मुद्दा दायर भएको एक वर्षपछि विशेष अदालतमा हाजिर हुँदै निरौला धरौटीमा रिहा भएका हुन् । निरौलाले सिद्धार्थ बैंकको ग्यारेन्टी राखेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७१ चैत २० गते मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि पहिलो पेसी पुस १४ गतेलाई तोकिएको थियो ।

अख्तियारले तत्कालीन २ बहालवाला सचिवसहित बोर्ड र त्यससँग सम्बन्धित २३ जना कर्मचारीले भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको थियो ।

आरोपत्रपमा निरौलाले मात्र ३४ करोड ६९ लाख १८ हजार ३ सय ५१ रुपैयाँ भ्रष्टाचार गरेकोले सोही बराबर विगो र जरिवाना असुल उपर हुनु पर्ने दावी गरेको थियो । अख्तियारले २३ जनाबाट १ अर्ब ५१ करोड ८४ लाख ४४ हजार ८ सय २७ रुपैयाँ बराबरको बिगो रकम माग दाबी गरेको थियो ।

प्रकाशित : २२ चैत्र २०७२, सोमबार १४:३२