कोभीड-१९ को प्रभावः मेलम्ची खानेपानी आयोजनाको काम ठप्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

कोभीड-१९ को प्रभावः मेलम्ची खानेपानी आयोजनाको काम ठप्प




काठमाडौं । कोरोना भाइरस(कोभीड–१९) संक्रमणलाई फैलन नदिन सरकारले देशभर लक डाउन गरेपछि ठूलो विकासका योजनाहरु ठप्प भएका छन् ।

त्यस्तै मेलम्ची खानेपानी लगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका कामहरु ठप्प भएका छन् । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनमा समेत कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ ।

देशभर लक डाउन भएपछि हामीले आयोजनामा भइरहेको सबै काम रोकेका छौ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने ।

एक साता अघि मात्रै खानेपानी मन्त्री विना मगरको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो ।

दशै अघि नै मेलम्चीको पानी काठमाडौमा ल्याउने योजना अनुसार तिव्र गतिमा काम भइरहेपनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताए । आयोजना स्थलमा काम गर्ने स्थानीय मजदुरहरु घर फर्केपनि विदेशी मजदुरहरु भने आयोजना स्थलमा नै सुरक्षीतसंग बसिरहेको खत्रीले बताए ।

आयोजना क्षेत्रमा अहिले ६ स्थानमा काम भइरहेको छ । ६ स्थानमा गरी २ सय ५० बडी कामदार भएपनि स्थानीय कामदारहरु सबै घर गएको खत्रीले बताए । आयोजनामा ४२ चिनियाँ मजदुरहरु रहेको आयोजनाले जानकारी दिएको छ ।

अहिले आयोजना स्थलमा बाँध बनाउने। सुरुङमार्गमा गेट बनाउने लगायतका कामहरु भइरहेको छ । अडिट टनेल बन्द गर्ने,भेन्टीलेसन लगायतका काम पनि भइरहेपनि त्यो सबै काम अहिले रोकिएको आयोजनाले जानकारी दिएको छ ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार १४:१६