क्वारेन्टाइनको मापदण्ड : चार पटक खाना, बाह्य व्यक्तिले भेट्न नपाउने




काठमाडौं । सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड तयार पारेको छ ।

जसअनुसार कोरोना भाइरसका संकास्पद व्यक्तिहरुलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राख्न सकिने छ । संघ प्रदेश वा स्थानियतहमा निर्माण हुने वा तोकिने क्वारेन्टाइमा यो मापदण्ड लागु हुने छ ।

जसमा क्वारेन्टाइन घनावस्ति भन्दा टाढा हुनुपर्ने, सम्भव भएसम्म १ सय भन्दा बढीलाई राखिने र त्यहा खानेपानी,विजुली, सञ्चार र स्वास्थ्यको व्यवस्था हुनु पर्ने छ ।

सरकारी संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचना जस्तै होटल, शैक्षिक संस्था, होस्टेल, तालिम केन्द्रहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने छ । यस्तै खुल्ला मैदानमा पाल वा अन्य अस्थाई संरचनासमेत बनाउन सकिने र जसमा गर्भवति महिला , १० बर्ष मुनिका वालवालिका र जेष्ठ नागरिकलाई छुट्टै राख्ने व्यवस्था मिलाउनु पर्ने मापदण्डमा उल्लेख छ ।

क्वारेन्टाइनमा ७५ वर्ग फिटको स्थान वा एउटा खाट वाट अर्को खाट सम्मको दुरी ३ दशमलव ५ फिट हुनु पर्ने छ । क्वारेन्टाइनमा सुर्तिजन्य तथा मादक पदार्थ सेवन गर्न नपाउने, कोही व्यक्ति भागे वा भाग्न कोसिस गरेको थाहा पाए तुरुन्त जानकारी गराउनु पर्ने उल्लेख गरिएको छ ।

यस्तै दिनको ४ पटक खानेकुराको व्यवस्था गरिनु पर्ने र मासुजन्य पदार्थ राम्रोसँग पाकेको एकिन गरेर मात्र खानु पर्ने र हाछ्यूँ गर्दा अनिवार्य रुपमा मुख छोप्नु पर्ने छ

क्वारेन्टाइनमा बसेको व्यक्तिसँग बाह्य व्यक्तिले भेट्न नपाउने र त्यहाँ खटिने स्वास्थ्यकर्मी, चिकित्सक र अन्य व्यक्तिहरुले अनिवार्य रुपमा आचारसंहिता पालना गर्नु पर्ने छ ।

क्वारेन्टाइन सञ्चालनका लागि चाहिने रकम भने कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषबाट खर्च हुने छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वअर्थमन्त्रीहरुको टिप्पणी : बजेट परम्परागत, धेरै प्रचारात्मक र आश्वासनमा सिमित

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट असामान्य परिस्थितिमा परम्परागत

आर्थिक वर्षको बजेट: यी हुन छुट र अनुदान पाइने क्षेत्र

काठमाडौं । सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध

कोरोना नियन्त्रणका लागि छ अर्ब बजेट, पूर्वाधारका लागि रु १२ अर्ब ४६ करोड विनियोजन

काठमाडौ‌ं । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक, स्वास्थ्य क्षेत्र प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब