स्वास्थ्य सामग्री ल्याउन नेपाली जहाज चीनतर्फ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

स्वास्थ्य सामग्री ल्याउन नेपाली जहाज चीनतर्फ




काठमाडौं । नेपालका लागि स्वास्थ्य सामग्री ल्याउन जहाज चीन गएको छ ।

नेपाल एअरलाइन्सको आरए ४१७१ विमान शनिबार दिउँसो १२ बजेर ३१ मिनेटमा ग्वान्जाओका लागि उडेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सो विमान राति १ बजेतिर नेपाल आइपुग्ने जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अर्डर’ गरेको कोरोनाभाइरसविरुद्धको स्वास्थ्य सामग्री तथा उपकरण विमानले बोकेर आउनेछ ।

जहाजमा निगमका उडान दलका १० जना सदस्य मात्र छन् । मेडिकल सामाग्रीको भार ३० टन भन्दा केही कम हुनेछ । चीनमा रहेका निगमका लोड समुहले नै मेडिकल सामाग्री जहाजमा राख्नेछन ।

प्रकाशित : १५ चैत्र २०७६, शनिबार १६:०७