एक अर्ब ५० करोडमा खरिद गर्न लागेको पीपीई, पञ्जा, मास्कलगायतमा भ्रष्टाचारको शंका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एक अर्ब ५० करोडमा खरिद गर्न लागेको पीपीई, पञ्जा, मास्कलगायतमा भ्रष्टाचारको शंका




काठमाडौं । सरकारले कोरोना उपचारमा संलग्न हुने चिकित्सकका लागि चीनबाट खरिद गर्न लागेको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)लगायतका सामग्रीमा ठूलो भ्रष्टाचार हुन लागेको आशंका गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीपीई, पञ्जा, मास्कलगायतका वस्तुहरु एक अर्ब ५० करोड रुपैयाँमा खरिद गर्दैछ ।

तर, यी सामाग्री खरिदमा चरम अनियमितता हुन लागेको आशंका गरिएको छ । सोही गुणस्तरका सामग्री चौधरी ग्रुपलेसमेत सरकारलाई हस्तान्तरण गर्दैछ ।

प्रतिसेट पीपीई १५ हजार रुपैयाँमा स्वास्थ्य मन्त्रालयले ल्याउन लागेको छ । तर, चौधरी ग्रुपले तीन हजारमै उक्त गुणस्तरकै पीपीई खरिद गर्न लागेको वसन्त चौधरीले ट्वीटमार्फत् बताएका छन् ।

सरकारले चीनबाट ल्याउन लागेको सामग्री लिन नेपाल वायुसेवा निगमको विमान शनिबार चीन गइसकेको छ । पीपीई खरिदको यो प्रसंग सामाजिक सञ्जालहरुमा ‘भाइरल’ बनेको छ ।

संकटको दुरुपयोग गर्दै आर्थिक लाभ लिनु गम्भीर अपराध हो । यसको निष्पक्ष छानबिनको माग पनि उठेको छ ।

प्रकाशित : १५ चैत्र २०७६, शनिबार २१:१०