सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने



काठमाडौं । सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने भएको छ । कोरोना भाइरसबाट प्रभावित भएकालाई दिने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय सरकारले गरेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट उपलब्ध हुने निब्र्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब नौ करोड ऋण सुविधा लिने निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यस्तै, विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत प्राप्त हुने २९ मिलियन अर्थात् तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण सहायतासमेत स्वीकार्ने निर्णय भएको छ ।

मन्त्री खतिवडाले एशियाली विकास बैंकले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम पनि स्वीकार्ने निर्णय भएको जानकारी दिए । अन्य सम्भावित विकास साझेदारबाट परिचालित हुनसक्ने स्रोतका लागि पनि पहल गर्ने निर्णय भएको छ ।

प्रकाशित : १७ चैत्र २०७६, सोमबार ११:५४