कोभिड–१९ को संक्रमणबाट मानव जीवन रक्षामा सहकारीहरु उपयोगी बन्नुपर्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

कोभिड–१९ को संक्रमणबाट मानव जीवन रक्षामा सहकारीहरु उपयोगी बन्नुपर्छ



काठमाडौं । विश्वब्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल एक सातादेखि लकडाउनको अवस्थामा छ ।

यसै सन्दर्भमा कोभिड–१९ को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गरेकी छन् ।

राष्ट्रब्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग छलफल गर्दै मन्त्री अर्यालले राष्ट्रिय रुपमा आएको संकटमा अधिकतम उपयोग गर्न निर्देशन दिएकी छन् ।

मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित सहकारी स्वास्थ्य अस्पतालहरुको अधिकतम परिचालन गर्न, सहकारी स्वास्थ्य संस्थाहरुबाट चलाइएको एम्बुलेन्सहरु बिरामीको ओसारपसारमा परिचालन गर्न निर्देशन दिइन ।

त्यस्तै मन्त्री अर्यालले स्थानीय प्रशासनसँग समन्वय गर्दै सहकारी बैंक, सहकारीहरु आंशिक रुपमा खोलेर जीविकोपार्जन, औषधोपचार जस्ता सेवाहरु प्रवाह गर्न निर्देशन दिइन । आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर आफू पनि बचेर शेयर सदस्यहरुलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन समेत मन्त्री अर्यालले निर्देशन दिइन ।

कोरोनाको संक्रमणका कारण मुलुक लकडाउनको अवस्थामा रहेका सन्दर्भमा मन्त्री अर्यालले मुलुक अहिले संकटमा छ । यस्तो विपद्कोह बेलामा सहकारी क्षेत्रको सहयोग अमूल्य रहन्छन् । यो अभियान सबैतिर फैलिएको छ । त्यसैले तपाईहरुले सेवामुखी भावनाले जनतालाई सहयोग गरी यो विपद्सँग लड्न राष्ट्रलाई सहयोग गर्नुस्ु, मन्त्री अर्यालले आग्रह गरिन ।

यसअघि आइतबार सहकारी विभागले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट मानव जीवनको रक्षाका निम्ती सहकारी संस्थाहरुलाई ६ बुँदे परिपत्र गरिसकेको छ ।

त्यस अवसरमा यो परिस्थितीमा आउदै गरेको राष्ट्रिय सहकारी दिवस कसरी मनाउने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो । बैठकले राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा दिवस मनाउनका लागि व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा परितोष पौडेल, खेम पाठक, केबी उप्रेती, सुरेन्द्र भण्डारी, नारायण देवकोटा, ज्ञानबहादुर तामाङ, माधव दुलाल, केदार खड्का रहेका छन् ।

प्रकाशित : १७ चैत्र २०७६, सोमबार १६:५९