२०७७ सालको सार्वजनिक विदा कहिले कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

२०७७ सालको सार्वजनिक विदा कहिले कहिले ?



काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको सूची सार्वजनिक गरेको छ ।

हरेक वर्षझैँ सरकारले यस वर्ष पनि नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका विभिन्न पर्वका दिन सार्वजनिक बिदा दिएको छ ।

यस वर्षको दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिइएको छ भने तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ ।

महिला कर्मचारीको लागि भदौ ५ गते तीज बिदाका साथसाथै जितिया पर्वमा पनि महिला कर्मचारीको लागि बिदा दिइएको छ ।http://www.moha.gov.np/public/upload/e66443e81e8cc9c4fa5c099a1fb1bb87/files/%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD_%E0%A4%B8%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%9C%E0%A4%A8%E0%A4%BF%E0%A4%95_%E0%A4%AC%E0%A4%BF%E0%A4%A6%E0%A4%BE.pdf

प्रकाशित : १८ चैत्र २०७६, मंगलवार १६:०१