डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्यो




काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु. १० का दरले घटाएको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु. ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु. ९६ तोकेको छ । हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु. १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु. ७५ तोकेको छ ।

यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वअर्थमन्त्रीहरुको टिप्पणी : बजेट परम्परागत, धेरै प्रचारात्मक र आश्वासनमा सिमित

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट असामान्य परिस्थितिमा परम्परागत

आर्थिक वर्षको बजेट: यी हुन छुट र अनुदान पाइने क्षेत्र

काठमाडौं । सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध

कोरोना नियन्त्रणका लागि छ अर्ब बजेट, पूर्वाधारका लागि रु १२ अर्ब ४६ करोड विनियोजन

काठमाडौ‌ं । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक, स्वास्थ्य क्षेत्र प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब