कोरियामा विदेशी मजदुरको भिसा अवधि थपिने भएपछि नेपालीलाई राहत




काठमाडौं । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ ।

कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जनाएको छ ।

यसबाट कोरियामा रहेर भिसा अवधि समाप्त भएका र हुनलागेका नेपालीले पनि भिसा अवधि बढाउन सक्नेछन् ।

आगामी मे अन्त्यसम्म कोरियामा कार्यरत ६० हजार विदेशी मजदुरको भिसा सकिँदै छ । विशेषत उनीहरूलाई लक्षित गरी यो निर्णय गरिएको हो ।

यसरी भिसा थपिएको यो दोस्रोपटक हो । कोरोना भाइरस समस्याकै कारण यसअघि फेब्रुअरीमा पनि कोरिया सरकारले भिसा अवधि समाप्त भएका विदेशीलाई ५० दिन भिसा थप्ने निर्णय गरेको थियो ।

उक्त निर्णयबाट भिसा अवधि समाप्त भएका नेपालीलगायत एक लाख ३० हजार विदेशी नागरिकले आफ्नो भिसा अवधि बढाएका थिए । यो निर्णयसँगै फेब्रुअरीमा ५० दिन भिसा थप गर्नेहरूले पनि पुनः तीन महिनाको भिसा थप्न सक्नेछन् ।

यद्यपि इ–९ र इ–१० भिसाबाहकले भने आफ्नो देशको अवस्था बुझाएर मात्र भिसा थप गर्न सक्नेछन् ।

हाल कोरियामा आउने सबै किसिमका भिसा कोरिया सरकारले बन्द गरेको छ ।
उक्त अवधिमा कोरियामा हुने कामदारको अभावलाई समेत यस भिसा अवधि थपको नीतिले पूर्ति गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वअर्थमन्त्रीहरुको टिप्पणी : बजेट परम्परागत, धेरै प्रचारात्मक र आश्वासनमा सिमित

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट असामान्य परिस्थितिमा परम्परागत

आर्थिक वर्षको बजेट: यी हुन छुट र अनुदान पाइने क्षेत्र

काठमाडौं । सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध

कोरोना नियन्त्रणका लागि छ अर्ब बजेट, पूर्वाधारका लागि रु १२ अर्ब ४६ करोड विनियोजन

काठमाडौ‌ं । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काइने, श्रममूलक विकासका काममा लगाइने

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको