एनसेलले कोरोना भाइरस संक्रमित पहिचान गर्ने ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

एनसेलले कोरोना भाइरस संक्रमित पहिचान गर्ने !




काठमाडौं । एनसेलले सरकारलाई कोरोनाभाइरस संक्रमित पहिचान गर्न सहयोग गर्ने भएको छ ।

एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्‍याउन ‘यूएसएसडी’ माध्यमबाट सर्वेक्षण सुरु गरेको छ ।

यो सर्वेक्षणमा एनसेलका ग्राहक÷सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एक्स्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँचओटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्यस्थितिअनुसार १ वा २ विकल्प छानेर दिन सक्छन् ।

प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझावसहित एसएमएस प्राप्त हुन्छ ।

‘हटलाइन नम्बर’मा कोरोनाभाइरससम्बन्धी चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०७७, बिहीबार २१:०१