पाँचतारे होटल हायात असार १६ गतेसम्म बन्द, कर्मचारीलाई आधामात्र तलब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

रोजगारी

पाँचतारे होटल हायात असार १६ गतेसम्म बन्द, कर्मचारीलाई आधामात्र तलब



काठमाडौं । काठमाडौंको पाँचतारे होटल हायात असार १६ गतेसम्म बन्द गरिने भएको छ ।

होटलले आइतबार सूचना निकाली कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द गर्नुपरेको जनाएको हो ।

सरकारले लकडाउन घोषणा गरेको र संक्रमणको जोखिम पनि न्यून नभएको भन्दै व्यवस्थापनले होटल सञ्चालन गर्न सम्भव नभएको निर्णय गरेको हो ।

बन्द अवधिमा होटलले श्रमिक तथा मजदुरलाई आधामात्र तलब दिने उल्लेख गरेको छ । होटल बन्द भएको अवस्थामा श्रम ऐनअनुसार तलब दिइने होटलको भनाइ छ ।

प्रकाशित : ७ बैशाख २०७७, आईतवार २१:३८