कोरोना कोषमा तपाई हाम्रो सहकारीद्वारा ५५ हजार सहयोग प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

कोरोना कोषमा तपाई हाम्रो सहकारीद्वारा ५५ हजार सहयोग प्रदान




काठमाडौं । नौकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत सहायता कोषमा ५५ हजार सहयोग गरेको छ ।

संस्थाले चन्द्रागिरी नगरपालिकाको विपत व्यवस्थापन कोषमा सहयोग गरेको संस्थाका अध्यक्ष मनोजकुमार थापाले जानकारी दिए । अध्यक्ष थापाले चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीलाई चेक हस्तान्तरण गरेका हुन् ।

विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले स्थापना भएको विपत व्यवस्थापन कोषमा संस्थाले उक्त रकम सहयोग गरेको हो ।

प्रकाशित : १४ बैशाख २०७७, आईतवार २१:२७