नवकान्तिपुर साकोसबाट प्रतिब्यक्ति ५० हजारसम्म बचत झिक्न मिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

नवकान्तिपुर साकोसबाट प्रतिब्यक्ति ५० हजारसम्म बचत झिक्न मिल्ने




काठमाडौं । बत्तिसपुतलीमा मुख्य कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधीभर बढीमा एक ब्यक्ती ५० हजारसम्म बचत झिक्न मिल्ने सीमा तोकेको ।

संस्थाले सूचना प्रकाशन गरी १६ गते मंगलबार देखि विहान ११ बजे देखि दिउँसो २ बजे सम्म नियमित कार्यालय खोलेर सेवा दिन लागेको हो ।

यस अघि सदस्यलाइ २५ हजार सम्म बचत भुक्तानी गरिहेको संस्थाले बचत भुक्तानीको सीमा वढाएको हो । साथै संस्थाले सम्भव भएसम्म संस्थाको डिजिटल प्रविधि प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार ०९:१०