अन्तर्राष्ट्रिय श्रमिक दिवस: करिब ५० लाख मजदुर कामविहीन




काठमाडौं । आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । प्रत्येक वर्ष श्रमिक दिवसका अबसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गर्दै आएपनि कोरोना महामारीका कारण यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम हुने छैन ।

झन्डै डेढ महिना लामो लकडाउनका कारण आममानिसको जिवन असहज बनेको छ भने सबैभन्दा ठूलो मर्कामा श्रमिक वर्ग नै छन् ।

जुनसुकै क्षेत्रका मजदुर पनि कामविहिन छन् । विकास निर्माणका कामहरू सबै ठप्प प्रायः छ भने उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द छन् । वैदेशिक रोजगारीका क्रममा रहेका लाखौँ नेपालीको अवस्था पनि उस्तै भयावह छ ।

लकडाउनका कारण ९५ प्रतिशत उद्योग तथा कलकारखाना बन्द हुँदा श्रमिकहरूले रोजगारी गुमाएका छन् भने ८० प्रतिशत श्रमिकले चैत महीनाको पारिश्रमिक पनि पाउन सकेका छैनन् ।

मजदूर संगठनका अनुसार औपचारिक र अनौपचारिक गरी अहिले मुलुकभित्र झन्डै ४० देखि ५० लाख श्रमिक रोजगारविहीन बन्न पुगेका छन् ।

विश्वव्यापी वर्तमान संकटको अवस्थामा श्रमिक वर्गलाई राहत र विशेष सहयोगको प्याकेज व्यवस्था गर्नु पर्ने देखिएको छ ।

सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।

सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।

त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस
पूर्वअर्थमन्त्रीहरुको टिप्पणी : बजेट परम्परागत, धेरै प्रचारात्मक र आश्वासनमा सिमित

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट असामान्य परिस्थितिमा परम्परागत

आर्थिक वर्षको बजेट: यी हुन छुट र अनुदान पाइने क्षेत्र

काठमाडौं । सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध

कोरोना नियन्त्रणका लागि छ अर्ब बजेट, पूर्वाधारका लागि रु १२ अर्ब ४६ करोड विनियोजन

काठमाडौ‌ं । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काइने, श्रममूलक विकासका काममा लगाइने

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको