शेयर बजार चौपट: २० लाख बढी लगानीकर्तामध्ये २० हजारमात्रै अनलाइन कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

शेयर बजार चौपट: २० लाख बढी लगानीकर्तामध्ये २० हजारमात्रै अनलाइन कारोबार




काठमाडौं । कोरोनाको संक्रमणको त्रासका कारण ‘लकडाउन’ सुरु भएदेखि सेयरबजार बन्द भएको छ । नेप्सेले आगामी २५ गतेपछि खुल्ने भनेपनि बजार कहिलेसम्म खुल्ने भन्ने यकिन भएको छैन ।

नेपालमा हालसम्म २० लाख बढी लगानीकर्तामध्ये २० हजारमात्रै अनलाइन कारोबार गरिरहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बैंक खाता र डिम्याट खाता इन्टिग्रेसन गरी कारोबारका लागि तयारी गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

अहिलेको अवस्थामा ब्रोकर, बैंक र लगानीकर्ताको खाता जोड्दै लगानीकर्तालाई ढुक्क हुने वातावरण तयार गर्नुपर्ने नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।

कोरोनाले सम्पूर्ण आर्थिक क्षेत्र नै थिलथिलो भएको समयमा सेयरबजारका लागि सरकारले वैकल्पिक आर्थिक नीति बनाउने, अनुदान उपलब्ध गराउने तथा ऋणको ब्याज मिनाहा गर्नुपर्ने माग लगानीकर्ताले गरेका छन् ।

प्रकाशित : २१ बैशाख २०७७, आईतवार १७:५३