विदेशबाट फर्केका युवालाई उद्यम व्यवसाय शुरु गर्न पूँजी उपलब्ध गराइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

रोजगारी

विदेशबाट फर्केका युवालाई उद्यम व्यवसाय शुरु गर्न पूँजी उपलब्ध गराइने



काठमाडौँ । सरकारले वैदेशिक रोजागारीबाट फर्केका युवालाई स्वरोजगारमा लगाउन शुरुआती पूँजी उपलब्ध गराउने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नवप्रवर्तनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारबाट फर्केका अनुभवी तथा सीपयुक्त उद्यमशील युवालाई उद्यम व्यवसाय शुरु गर्न पूँजी उपलब्ध गराइने बताइन् ।

उद्यम व्यवसाय गर्न क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच र बजारीकरणका लािग कार्यक्रमसँग आबद्ध गराइने, यसका लागि हाल सञ्चालित कार्यक्रमलाई पुनः संरचना गरी सबै प्रदेशमा विस्तार गरिने नीति कार्यक्रममा उल्लेख छ ।

शिक्षित बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा परियोजनामा आधारित शुरुआती पूँजी उपलब्ध गराई भरसक निजको शिक्षासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न ‘प्रोजेक्ट’ निर्माणमा सहयोग गरी उत्प्रेरित गरिनेछ ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार २१:२८