चेम्बर अफ कमर्सले भन्यो : कोरोनाको असर हेरी चरणवद्ध आर्थिक प्याकेज ल्याइयोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

चेम्बर अफ कमर्सले भन्यो : कोरोनाको असर हेरी चरणवद्ध आर्थिक प्याकेज ल्याइयोस



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट पुर्ण रुपमा आर्थिक पुनरुत्थानमा केन्द्रित हुनु पर्नेमा निजी क्षेत्रले जोड दिएको छ ।

नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०७७/७८ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजेट तर्जुमाको लागि सुझाव प्रस्तुत गर्दै उक्त आग्रह गरेको हो ।

चेम्बर उपाध्यक्ष कमलेश कुमार अग्रवालले चेम्वरका तर्फबाट राजश्व सचिवलाई सुझाव हस्तान्तरण गरेका हुन । कोरोनाको असर हेरी चरणवद्ध रुपमा आर्थिक प्याकेज ल्याईनु पर्ने माग चेम्बरको छ ।

प्याकेजको आकार कूल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत भन्दा कम हुन नहुने एवं आर्थिक प्याकेजमा उल्लेखित सबै प्रकारका सुविधाहरु एकद्धार प्रणाली मार्फत प्राप्त गर्न सक्ने व्यस्थाका लागि चेम्बरले सुझाएको छ ।

बजेट मार्फत नेपाललाई आत्मनिर्भर बनाउन योजनाबद्ध कार्यक्रम ल्याउन चेम्बरले आग्रह गरेको छ ।

निर्यात ब्यापारलाई मुल्य अभिवृद्धिका आधारमा निर्यात अनुदान दिने व्यवस्थाका लागि पनि चेम्बरले सरकारको ध्यानाकर्षण गरेको छ ।

३० प्रतिशत सम्मको मूल्य अभिबृद्धिमा ५ प्रतिशत, ७० प्रतिशत सम्मकोमा १० प्रतिशत र सो भन्दा माथीको मूल्य अभिबृद्धिमा १५ प्रतिशत नगद अनुदान दिने व्यवस्था गर्नुपर्ने लगायतका सुझाब चेम्बरले प्रस्तुत गरेको छ ।

प्रकाशित : ४ जेष्ठ २०७७, आईतवार १५:२९