नेपालमा एकैपटक २१ जना कोरोना संक्रमित डिस्चार्ज, खुशीले गदगद हुँदै घरतर्फ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपालमा एकैपटक २१ जना कोरोना संक्रमित डिस्चार्ज, खुशीले गदगद हुँदै घरतर्फ



काठमाडौं । नेपालगञ्ज उपमहानगर–८ जोलाहनपुरवाका २१ जना कोरोना संक्रमित कोरोनालाई परास्त गर्दै शुक्रबार घर फर्किएका छन् ।

उनीहरुलाई भेरी अस्पतालको स्वास्थ्यकर्मी सहितको टिमले अस्पतालबाट फुलको बुके दिएर बिदा गरिएको थियो ।

बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका कोरोना संक्रमित मध्ये २१ जना शुक्रबार बिहान कोरोनामुक्त भएर घर फर्किएका हुन् ।

उनीहरुलाई अस्पतालाट बिदा गरेपछि कोरोना अस्पतालको व्यवस्थापन सम्हालेका भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले लगातार कोरोना परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई आईसोलेशनबाट डिस्चार्ज गरिएको जानकारी दिए ।

खजुरामा रहेको कोरोना आईसोलेशन अस्पतालबाट देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना संक्रमित एकैपटक निको भएर घर फर्किएका हुन ।

कोरोना जितेर घर फर्किदा उनीहरुमा बेग्लै उत्साह र खुसी थियो । स्वास्थ्यकर्मीले गम्छा अनि हातमा फुल र कोरोना नेगेटिभ रिर्पोट दिएर अस्पताल परिसरबाट उनीहरुलाई बिदा गरेका थिए ।

यसरी अस्पतालबाट शुक्रबार घर जानेहरुमा काखे बालकदेखि ६० वर्षका जेष्ठ नागरिक रहेका छन् । हातमा आफ्नो स्वास्थ्यको रिपोर्टसहित फुलको बुके गलामा खादा लगाएर प्रसन्न मुद्रामा उनीहरु बाहिरीएका थिए ।

कोरोना संक्रमित भएर उपचारको लागि आईसोलेशन अस्पतालमा भर्ना भएर शुक्रबार डिस्चार्ज भएका एक जनाले आफुहरुको राम्रो हेरचाह भएको करण चाडै कोरोना जितेर घर जान लागेको बताए । उनले घरमा पुगेर पनि सामाजिक दुरी कायम राख्दै केही दिन होम क्वारेन्टाईनमा बस्ने बताए ।

कोरोना विशेष अस्पतालमा उपचाररत ती संक्रमितहरुको पुनः परीक्षण गर्दा लागातार २४ घण्टाको सेम्पल झिकेर जाँच गर्दा दुईपटक कोरोना नेगेटिभ भएपछि डिस्चार्ज गरिएको हो ।

उनीहरुलाई डिस्चार्ज गरिएपछि अस्पतालको गेटमै खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापामगर, नेकपाका युवा नेता भिम ओलीलगायत पुगेका थिए ।

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार २१:०८