दलित युवक हत्या प्रकरणले तात्यो संसद, दुवै तर्फबाट आरोप-प्रत्यारोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

दलित युवक हत्या प्रकरणले तात्यो संसद, दुवै तर्फबाट आरोप-प्रत्यारोप



काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले रुकुम, चौरजहारीमा भएको दलित युवकको हत्या प्रकरणले संसद तताएका छन् । पूर्वगृहमन्त्री जनार्दन शर्माले पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् ।

सत्तारुढ दलका सांसद जनार्दन शर्माले ‘छुवाछूतको घटनामा राजनीतिकरण हुन सक्दैन’ भन्ने अभिव्यक्ति दिएपछि सांसदहरुले आपत्ति जनाउँदै शर्माले दोषीलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

सांसद शर्मा बोल्दै गर्दा प्रतिपक्ष दलका सांसद तथा अन्य दलित सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि केही समय सांसद शर्मा र अरु सांसदहरुबीच भनाभन नै चल्यो । सभामुखले सबै सांसदलाई सम्हालिन आग्रह गरिरहे । तर, केही समय दुवै तर्फबाट आरोप–प्रत्यारोप चलिरह्यो ।

विपक्षी सांसदलगायत दलित सांसदरुले शर्मालाई बोल्न रोकेपछि आक्रोसित हुँदै उनले आफू त्यहाँको जनप्रतिनिधि भएको र दलित अधिकारको कुरा आफूले पनि राख्न पाउनुपर्ने जिकिर गरे ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ले पूर्वगृहमन्त्री र वहालवाला गृहमन्त्री मिलेर घटनामा संलग्नलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाए ।

यसअघि, बैठकको सुरुमै बोलेका कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले घटनामा राजनीतिककरण भएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए ।

उनले मुलुकलकै इतिहासमा त्रासदीपूर्ण र कहालीलाग्दो जातीय दुर्घटना भएको भन्दै छुवाछूतमुक्त राष्ट्र घोषणा गरी बेपत्ताको छानबिन गरी मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गरे ।

सांसद पार्वतीकुमारी विशुन्केले कानुन बनेर व्यवस्था परिवर्तन भएपनि जातीय विभेदको बर्बरताको अन्त्य हुन नसकेको भन्दै त्यसको अन्त्यका लागि सरकारले के गरिरहेको छ रु भनी गृहमन्त्रीको ध्यानाकर्षण गराइन् ।

सांसद रेणुकुमारी गुरुङले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिन् । यता, नेपाली कांग्रेसले रुकुम पश्चिममा दलित युवकको हत्या भएको सम्बन्धमा संसदीय छानबिन हुनुपर्ने माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुबै बैठकमा कांग्रेसका सांसदहरुले घटनाको निष्पक्ष छानबीन र दोषीमाथि कार्वाही गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गरिनुपर्ने माग गरे ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलवार २०:१९