नेपालको अर्थतन्त्रमा दैनिक तीन अर्ब नोक्सानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालको अर्थतन्त्रमा दैनिक तीन अर्ब नोक्सानी



काठमाडौं । केन्द्रिय तथ्यांक विभागले लकडाउनका कारण अर्थतन्त्रमा दैनिक ३ अर्ब नोक्सानी भइरहेको जनाएको छ ।

विभागले लकडाउन लम्बिदै जाँदा यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा पर्दा औद्योगीक क्षेत्र, निर्माण, यातयात र थोक तथा खुद्रा क्षेत्रमा समेत वृद्धिदर ऋणात्मक हुने जनाएको छ । तथ्यांक विभागको यसै तथ्यांक आधार बनाउँदा समेत हालसम्म २ खर्ब बढि नोक्सान भइसकेको छ ।

तर अर्थ मन्त्रालयले भने आर्थिक सर्वेक्षणमा सुचक सकरात्मक रहेको दाबी गरेको छ । यस अघि विभागले आर्थिक वर्ष २०७६र७७ को राष्ट्रिय लेखा तथ्यांक सार्वजानिक गर्दै आर्थिक वृद्धिद्धर २ दशमलव २७ प्रतिशतमा सिमित रहने प्रक्षेपण गरेको थियो ।

जेठ १ गतेसम्म हुन सक्ने लकडाउनलाई आधार बनाउँदै आर्थिक वृद्धिद्धर प्रक्षेपण गरेको थियो । तर लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्र अझै पनि प्रभावित हुन सक्ने भएकोले आर्थिक वृद्धिद्धर ऋणात्मक हुने सम्भावना देखिएको छ ।

विभागले यस अघि होटल क्षेत्र १६ दशमल ३० प्रतिशतले ऋणात्मक हुने, पर्यटन क्षेत्र १३ प्रतिशतले ऋणात्मक हुने आँकलन गरेको थियो ।

सरकारले लकडाउन खुकुलो बनाउने भन्दै केही उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । तर ऋणात्मक वृद्धिद्धरलाई भरथेक गर्न नसक्ने भण्डारीको भनाई छ ।कहिलेसम्म यो अवस्था रहन्छ भन्ने विषयले नै आर्थिक सुचकहरु निर्धारण गर्ने पनि विभागको भनाइ छ ।

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार २०:४६