असार,साउनमा नेपालमा कोरोना संक्रमितको संख्या उच्च हुने अनुमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

असार,साउनमा नेपालमा कोरोना संक्रमितको संख्या उच्च हुने अनुमान



काठमाडौं । नेपाली सेनाले देशमा आगामी असार, साउन महिनामा कोरोनाभाइरसको संक्रमण तीव्र हुने बताएको छ ।

सैनिक मुख्यालयमा बुधबार भएको अनलाइन पत्रकार सम्मेलनमा सेनाका चिकित्सक डा. नविन फुयालले गणितीय विश्लेषणको आधारमा असार, साउनमा संक्रमितको संख्या उच्च हुने अनुमान गरिएको बताए । उनले सोहीअनुसार रोकथाम, नियन्त्रण र उपचारको तयारी गर्नुपर्ने पनि बताएका छन् ।

सो अवसरमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले संक्रमितको संख्या बढ्ने अनुमान गरेरै सेनाले सरकारसँग मिलेर नियन्त्रणको तयारी गरिरहेको भन्दै कोरोनाबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन अब कार्यविधिअनुसार हुने बताए ।

विदेशबाट आउने नेपालीहरुको सन्दर्भमा कोरोना क्राइसिन म्यानेजमेन्ट कमिटीले योजना तयार पारेको र सोहीअनुसार गरिने पनि पाण्डेले बताए ।

सेनाले चीनबाट खरिद गरेको कोरोना परीक्षण उपकरणहरु स्थलमार्ग हुँदै तातोपानी आइपुगेको र बाँकी सामग्री लिन नेपाल वायुसेवाको विमान बुधबारै चीन गएको पनि जानकारी दिइएको छ ।

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार २१:४६