विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काइने, श्रममूलक विकासका काममा लगाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

रोजगारी

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काइने, श्रममूलक विकासका काममा लगाइने



काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद समाप्त भएका तथा अन्य कारणले अलपत्र नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

कोरोना महामारीले विश्वव्यापी प्रभाव पारेसँगै थुप्रै नेपाली विदेशी भूमिमा अलपत्र छन् । केहीले कोरोना भाइरसकै कारण रोजगारीसमेत गुमाएका छन् । भारत, खाडी, मलेसिया लगायतका मुलुकबाट लाखौं नेपाली स्वदेश फर्कन सक्ने अनुमान गरिएको छ । अर्थमंत्री खतिवडाले उनहरुको सीप विकास गरी रोजगारीमा लगाउन सरकारले जोड दिने बताए।

कोरोनाका कारण रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट फर्केकालाई पारिश्रमिक सहितको जनसहभागितामूलक र प्रविधि सहितको श्रममूलक विकास निर्माणमा परिचालन गर्न आर्थिक वर्ष २०७७÷०७८ मा बजेट विनियोजन गरेको पनि उनले बताए ।

विदेशबाट आउने व्यक्तिहरुको अनिवार्य स्वास्थ्य परीक्षण गर्न तथा प्रमुख प्रवेश नाकामा आवश्यक उपकरणसहित हेल्थ डेस्क स्थापना गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

उनले कोरोना संक्रमण नियन्त्रणको लागि तत्काल आवश्यक औषधि, उपकरण तथा उपचारको लागि ६ अर्ब बजेट छुट्याएको समेत जनाए ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहीबार २१:१७