चौतर्फी विरोधपछि कर तिर्नुपर्ने समय थपियो, असार ७ गतेसम्म बुझाउनु पर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

चौतर्फी विरोधपछि कर तिर्नुपर्ने समय थपियो, असार ७ गतेसम्म बुझाउनु पर्ने



काठमाडौं । चौतर्फी विरोधपछि सरकारले कर तिर्नुपर्ने समय थपेको छ । बुधबार आन्तरिक राजश्व विभागले सूचना निकाली कर तिर्नुपर्ने समयसीमा थपेको हो ।

यसअघि विभागले जेठ २५ गतेभित्र चैतसम्म सबै कर बुझाउन सूचना जारी गरेको थियो । लकडाउनका बेला कर बुझाउन ताकेता गरेको भन्दै सर्वत्र आलोचना भएको थियो ।

विभागले बुधबार जारी गरेको सूचनामा मूल्यअभिवृद्धि कर र अन्तःशुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म बुझाइसक्नुपर्ने उल्लेख छ ।

उक्त मितिमा कर नबुझाएमा ब्याज तथा थप जरिवाना लाग्ने जनाइएको छ । सरकारले लकडाउनका कारण चैत २५ देखि समयसीमा सार्दै आएको थियो ।

नयाँ थपिएको समयभित्र व्यवसायीहरुले २०७६ को माघ, फागुन चैत र २०७७ को वैशाखको मूल्य अभिबृद्धि करको विवरणअनुसार कर बुझाउनुपर्ने छ ।

त्यस्तै अन्तःशुल्क २०७६ को फागुन, चैत र २०७७ को वैशाखको विवरण र सोही विवरणअनुसारको कर असार ७ भित्रै बुझाउनुपर्ने छ ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार २१:०४