कोरोना भाइरस विरुद्ध लड्न प्रदेश ५ सरकारलाई ग्लोबल आइएमइको २५ लाख रुपैंयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कोरोना भाइरस विरुद्ध लड्न प्रदेश ५ सरकारलाई ग्लोबल आइएमइको २५ लाख रुपैंयाँ



काठमाडौ । ग्लोबल आइएमइ बैंकले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई २५ लाख रुपैंयाँ सहयोग गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश नं. ५का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका माननीय मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमाबैंकले गरेको यस सहयोग महत्वपूर्ण रहने उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार २२:०८