अष्ट्रेलियामा रहेका नेपाली युवाहरुले बनाए ‘आइकनफेस’ एप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

अष्ट्रेलियामा रहेका नेपाली युवाहरुले बनाए ‘आइकनफेस’ एप



काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन् । विशेषत कोरोना महामारीका कारण लकडाउनले घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप संचालनमा ल्याएका हुन् ।

उनीहरुले स्थापना गरेको असनेप आइटी सोलुसनले यो एपको विकास गरेको हो । सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार यो एपमार्फत मानिसहरुले आफ्नो गोप्य कुराहरु सार्वजनिक गर्न सक्नेछन् । यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नामलाई गोप्य राख्न सक्ने सुविधा पनि छ ।

‘यो एपमार्फत प्रयोगकर्ताले आफूलाई माया गर्ने पुरुष वा महिलालाई आफ्ना भावना प्रस्तुत गर्न सक्छन् । आफ्ना मनका कुरा एपमार्फत व्यक्त गरेर मन हलुका बनाउन सक्छन्,’विवेकले भने ‘यस्तो समयमा मानिसहरु डिप्रेसनमा परेका हुन्छन् । उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन् ।’

सोलुसनका प्रोजेक्ट मेनेजर शिखर थापाले लकडाउनमा समयमा घरमा नै बसिरहेका मानिसहरु लागि एप समय बिताउने माध्यम बन्न सक्ने बताए । उनले अहिले आफूहरुले यो एप सार्वजनिक गरे पनि भविष्यमा अझ राम्रा राम्रा एपमार्फत प्रयोगकर्तालाई सुविधा दिने खुलाए ।

प्रकाशित : २२ जेष्ठ २०७७, बिहीबार २०:५३