स्मरण साकोसको रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्मरण साकोसको रक्तदान कार्यक्रम



काठमाडौ । स्मरण बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रगत अभावमा कोहि कसैले ज्यान गुमाउनु नपरोस  भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव निर्मल प्रसाद हुमागाईले जानकारी दिनुभयो ।

12992056_1169110669788720_1435315296_o
सस्थाले विगत ४ बर्ष देखि निरन्तर रुपमा रक्तदानको कार्यक्रम आयोजना गर्दै आएको छ । शनिवार भएको उक्त रक्तदानमा ३२ जनाले रगतदान गरेको संस्थाले जनाएको छ । सो कार्यक्रमा विभिन्न समाजसेवी, शिक्षक र सहकारीका सदस्यहरुले रक्तदान गरेका थिए । रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
२०६५ सालमा स्थापना भएको स्मरण सहकारीले हाल डिल्लीबजारबाट कारोबार गर्दै आएको छ । ९ सय १३ सदस्य रहेको  सहकारीको शेयर पुँजी १ करोड ४२ लाख रहेको र सदस्यको निक्षेप ६ करोड रहेको संस्थाले जानकारी दिएको छ । यस्तै आगामी दिनमा संस्थाले आफ्ना समाजिक कार्यहरुलाई अझै बृहत बनाउदै लैजाने र आफ्ना सदस्यलाई सहकारी सम्बन्धी शिक्षा समेत सञ्चालनमा ल्याउने योजना रहेको हुमागाईले जानकारी दिए ।

प्रकाशित : २७ चैत्र २०७२, शनिबार १०:२०