ईन्भेष्टमेण्ट बैंकको एफपिओ चैत ३० मा बाँडिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ईन्भेष्टमेण्ट बैंकको एफपिओ चैत ३० मा बाँडिने



fpoकाठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंकको एफपिओ यहि चैत ३० गते मंगलबार बाँडफाँड हुने भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषले शुक्रबार शेयर बाँडफाँडको मोडेल धितोपत्र बोर्डमा पठाएको छ ।

कोषका अनुसार शेयर बाँडफाँडको मोडेललाई अन्तिम रुप दिएर शुक्रबार धितोपत्र बोर्डमा स्विकृतिका लागि पठाइएको छ । कोषबाट तयार गरिएको मोडेल अनुसार साना लगानीकर्तालाई ३२ प्रतिशत र ठूला लगानीकर्तालाई ८ दशमलव ५ प्रतिशतको दरमा बाँड्ने मोडल तयार भएको छ । यो मोडल धितोपत्र बोर्डबाट स्वीकृत हुन बाँकी छ ।  बोर्डबाट शेयर बाँडफाँडको स्विकृति आए पछि मंगलबार शेयर बाँडफाँड गर्ने तयारी गरेको नागरिक लगानी कोषले जानकारी दिएको छ ।

 

सेयरको बाँडफाँड हुने भनेसँगै लगानीकर्तामा आफूलाई सेयर कति पर्ला भन्ने उत्सुकता छाएको छ भने अघिल्ला शिखर इन्स्योरेन्सको एफपीओ, जलविद्युत लगानी तथा विकास कम्पनीको आइपीओलाई आधार मान्दा साथै धितोपत्र बोर्डको मोडल अनुसार पनि साना लगानीकर्ता इन्भेष्टमेण्ट बैंकको एफपिओबाट लाभान्वित हुने देखिन्छ ।

बैंकले प्रति कित्ता एकसय रुपैयाँ दरको शेयरमा ५०१ रुपैयाँ प्रिमियम थपेर ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपीओ जारी गरेको थियो ।

प्रकाशित : २७ चैत्र २०७२, शनिबार १३:०८